दीपक दाहाल, काठमाडौं कात्तिक २० -
पर्वत सदरमुकाम वारपर दुई सातादेखि फैलिएको रुघाखोकीको प्रकोप स्वाइन फ्लु भएको पुष्टि भएको छ। चारदिन अगाडी विश्व स्वास्थ्य संगठनले ल्याएको नमूनाको केन्द्रीय प्रयोगशालामा परिक्षण गर्दा पान्डेमिक एन्फुएन्जा २००९ (एचवान एनवान) भेटिएको हो।
सदरमुकाम कुस्माबाट गत शुक्रबार विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालय महामारी रोग नियन्त्रण महाशाखाबाट डाक्टर अशोक क्षेत्रीको नेतृत्वका आएको टोलीले रगत परिक्षणका ल्याएका नमूना परीक्षणका क्रममा सोको पुष्टि भएको हो। कुस्मा सदरमुकाम वरपरबाट ल्याइएका १२ नमूना मध्ये ९ वटामा स्वाइन फ्लु पोजेटिभ भेटिएको विभागका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए। स्वाइन भेटिएका नमूना मध्ये पाँच वटा नेपाली सेनको कुस्मास्थित नयाँ भैरवी दल गुल्ममा कार्यरत सैनीकका र चार बालबालिकाको छ।
सेनाको व्यारेकबाट ल्याइएका पाँच नमूना मध्ये पाँच वटैमा र बजारबाट ल्याइएका ७ मध्ये चारमा संक्रमण भेटिएको छ। 'एकै ठाउँबाट ल्याइएका यती धेरै नमूनामा भेटिनुले अधिकांश विरामीको कारण स्वाइन फ्लु भएको पुष्टि हुन्छ।' ती अधिकारीले भने, अब मिल्ने खालका लक्षण भएका अधिकांशमा यसैको संक्रमण हो।' एकै ठाउँमा खाने र बस्ने भएकोले सैनीक गणमा सुरक्षाका थप उपाय अपनाउनु जरुरी भएको चिकित्सकहरु बताउँछन्। ब्यारेकमा अढाई सय सैनीक कार्यरत छन्। सेनाका प्रवक्ता र सहायक रथी रमिन्द्र क्षेत्रीले गुल्ममा धेरैको संख्यामा विरामी नभएपनि विरामी परेका मध्ये पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौ ल्याइएको बताए।
विभागले छिमेकी जिल्ला बाग्लुङमा पनि नमूना परीक्षण नगरिएपनि अब स्वाइन फ्लु नै भन्न सकिन्छ। जनस्वास्थ्य प्रयोगशालाले संकलित नमूनाको परीक्षणको आधारमा प्रत्येक साता विहीबार रिपोर्ट दिने गर्छ। प्रयोगशालाले रिपोर्ट दिइसकेको भएपनि सेवा विभाग अर्न्तगतको एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाले औपरिक रुपमा शुक्रबार मात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ। आयोजनाका निमिक्त प्रमुख डा.जितेन्द्रमान श्रेष्ठ र अर्का चिकित्सक डा भीम तिङकरीले 'रिपोर्ट आएको तर आफूले हेर्न नभ्याएको बताए। दुबैले एकै प्रकारका जवाफ दिए 'आजै विज्ञप्ती निकाल्ने कुरा थियो भ्याइएन्, भोली पत्रकार सम्मेलन हुन्छ।'
रिपोर्टसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पर्वत र बाग्लुङमा अब अभियानको रुपमा चेतनामुलक कार्यक्रम चलाउने रणनीति लिने भएको छ। सामान्य रुघाखोकी नै भएपनि समुदायमा गएपछि नियन्त्रणका उपाय अपनाउनुपर्छ, स्वाइन फ्लु नै हो भन्ने भएपछि त झन् सर्तकता अपनाउनु पर्छ। दुर्गम र जनचेतना कम भएका ठाउँमा व्यक्तिगत सुरक्षाको उपाय अपनाउन नसकिए रोगले श्वास प्रश्वासका रोगी र बृद्ध उमेरका मानिसलाई गम्भीर असार पार्ने चिकित्सहरु बताउँछन्।
पर्वतमा दुईसातादेखि र बाग्लुङमा केहीदिनदेखि फैलिएको प्रकोपका कारण सयौ विरामी परेका छन्। प्रकोपले महामारीको रुपमा फैलिएपछि दुवै जिल्ला सदरमुकामका सवै विद्यालय बन्द भएका छन्। सोमवारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको हो। विभागले अब विद्यालय बन्द केही दिन लम्ब्याउन अनुरोध गर्नुका साथै सार्वजकि जमघट हुने कार्यक्रम नगर्न समेत अनुरोध गर्नेछ। पर्वत सदरमुकाममा मात्रै करिव एक दर्जन विद्यालयमा अध्यनरत करिव दुई हजार विद्यार्थीमा संक्रमण देखिएको विद्यालयले जनाएका छन्। विद्यार्थीमा देखिएको प्रकोप अभिभावकमा समेत फैलिएको छ।
अहिले जिल्ला अस्पतालमा दैनिक करिव ५ सय भाईरल ज्वरोको विरामी आएको अस्पतालले जनाएको छ। विरामीहरुमा टाउको दुख्ने, ज्वरो आउने,रुगाखोकी, बान्ता हुने जस्ता लक्षण देखिएको छ। विरामीहरुको अस्पताल, स्थानीय स्वास्थ्य संस्था र निजी क्लिनिकमा उपचार भईरहेको छ। बाग्लुङ सदरमुकामका एक दर्जन नीजि विद्यालय बन्द भएपछि करिव ९ हजार विद्यार्थीहरुको पठनपाठन राकिएको छ। यस्ता लक्षण देखिएमा तत्काल मास्क लगाई अरुलाई संत्रमणबाट बचाउँन र स्वास प्रश्वासमा अप्ठेरो भएमा तत्कालै अस्पताल जान चिकित्सकले सल्लाह दिएका छन्। चिकित्सकहरुका अनुसार व्यक्तिगत सुरक्षाका उपाय अपनाए ९० प्रतिशत फ्लुको जोखिमबाट बच्न सकिन्छ।
चिकित्सकका अनुसार समयमै उपचार भए स्वाइन फ्लुले ज्यान लिंदैन। सेकेण्डरी इन्फेक्सनले मृत्यु गराउने हो। यो मानिसबाट मानिसमा श्वासप्रश्वास सिंगान र खकारबाट सर्छ। रोग फैलिएका ठाउँमा साबुन पानीले हात धुने, रुघाखोकी भएको मानिसभन्दा एक मिटर पर बस्ने र भीडभाडमा सकेसम्म नजाने संक्रमणबाट जोगिने उपाय हुन्। यस्तै फलफुल, पानी प्रशस्त पिउने, पर्याप्त सुत्ने, रुघाखोकी लागेपछि हात नमिलाउने, गला नजोड्ने, सार्वजनिक स्थलमा हाच्छिउँ नगर्ने र घरबाट बाहिर निस्कदा मास्क लगाउने संक्रमणबाट जोगिने उपाय भएको चिकित्सक बताउँछन्।
Thursday, 5 November 2009
होहल्लाबीच नै संसदबाट बजेट पारित गर्ने सुझाव
भोजराज भाट, काठमाडौं कात्तिक २०
बाइस दलले एकीकृत माओवादीको अवरोधका बीच संसदबाट बजेट पारित गराउन सरकारलाई निर्देशन दिएका छन्। ती दलको सिंहदरबारमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले बजेट पारित गर्न माओवादीसित सहमति हुन नसकेमा त्यो विकल्पबाट बजेट पारित गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकले अध्यादेश नल्याईकनै सदनको ध्वनि बहुमतबाट बजेट पारित गराउन सुझाव दिए। सद्भावनाका अध्यक्ष एवं वाणिज्यमन्त्री राजेन्द्र महतोले २२ दलले सरकारलाई माओवादीको अवरोधकै बीच संसद्बाट बजेट पारित गराउन सरकारलाई निर्देशन दिएको जानकारी दिए।
'लोकतन्त्रमा बहुमतलाई अल्लमतले बन्धक सक्दैन। बनाउने हो भने लोकतान्त्तिक मूल्यमान्यता मात्र सम्ााप्त हुने होइन कि, लोकतन्त्रकै धज्जी उड्छ' वाणिज्य मन्त्री राजेन्द्र महत्ताले नागरिकसित भने, 'त्यसैले २२ दलले संसदीय मूल्यमान्यता र संसदीय प्रक्रियाअनुसार बहुमतबाट बजेट पारित गर्न निर्देशन दिएको हो।' सभामुख सुवास नेम्वाङले भने सहमतिबाट बजेट पारित गराउनुपर्नेमा जोड दिंदै आएका छन्।
नेपालको संसदीय इतिहासमा विपक्षीबिनाको सदन नचलेकाले सकभर सहमतिका आधारमा बजेट पारित गर्नुपर्ने उनको धारणा छ। दलहरूको बैठकमा मंसिर मसान्तसम्म सरकारसित तलब खुवाउने रकम भएको जानकारी गराइएको थियो। 'मंसिरसम्मको तलबमा कुनै समस्या छैन, तैपनि सरकारले कात्तिकभित्रै सहमतिका आधारमा बजेट पारित गर्ने नीति बनाएको छ' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राजेन्द्रकुमार राईले नागरिकसित भने, 'त्यसको सजिलो विधि भनेकै ध्वनि मतबाट बजेट पारित गराउनु हो।'
यसअघि कात्तिक १३ गते सरकारमा सहभागी १० दल शीर्ष नेताको बैठकले सदनबाटै बजेट पारित गर्नुपर्ने निर्णय गरेको थियो। 'सरकारको सदनमा ६० प्रतिशत बढी उपस्थिति छ, माओवादीले प्रजातान्त्रिक पद्धतिमा बहुमतको निर्णय स्वीकार नगर्ने कुरा घोर अलोकतान्त्रिक मानसिकता हो।', उप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छेदारले भनेका थिए, 'उनीहरू(माओवादी) ले नारा दिएर अवरुद्ध गर्छन्, हामी पनि नारा दिएरै संसद चलाउँछौं।'
बैठकले माओवादीलाई आन्दोलन फिर्ता लिइ संसद् सुचारु गरेर बजेट पारित गर्नेलगायत सहमति र सहकार्यका लागि लचिलो हुन आह्वान गरेको छ। सत्ता पक्षधर दलहरूले सदनको बहुमतको अधिकार सुरक्षित गर्न सभामुखलाई आग्रह गर्नेे निर्णय गरेका छन्।
सत्ता पक्षधर दलका प्रतिनिधिले सामुहिकरूपमा छिट्टै सभामुख सुवास नेम्वाङलाई भेटी सदन खुलाउन ध्यानाकर्षण गर्ने भएका छन्। सभामुखको आवहानमा सदन सुचारू भएमा विपक्षी माओवादीले बहिष्कार गरिरहँदा पनि नाराबाजीका विरुद्ध नाराबाजी गर्दै सुन्य मतका आधारमा बजेट पारित गर्नुपर्ने उनीहरूको औल्याए।
नेपाली कांगेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले सदन र बजेट रोकेर राष्ट्रहीत विपरित काम गरेको बताए। 'बहमुतको अधिकारलाई कुण्ठित गरेर अल्पमतले बन्दक बनाउनु उचित हुँदैन', बैठक सकिएलगत्तै पौडेलले सञ्चारकर्मीसँग भने, 'बहुमतको अधिकार रक्षा गर्ने जिम्मेवारी पुरा गर्न पनि सभामुखलाई ध्यानाकर्षण गर्नेछौं।'
'माओवादीले व्यबस्थापिका-संसद्को बैठक अवरुद्ध गर्दै आएको छ, त्यो लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको ठहर हो', वैठकपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। माओवादीले आन्दोलन घोषणा गरेर राष्ट्रिय जीवनमा आघात पुर्याइ अलोकतान्त्रिक र जनबिरोधी काम गरेको सत्ता दलहरूले आरोप लगाएका छन्। दलका नेताहरू सरकारलाई जनताका न्यनतम आवश्यक्ता पुरा गर्न कडा भइ प्रस्तुत हुनुपर्ने सुझाव दिएका छन्।
'सकभर माओवादीलाई सहमतिमा ल्याउने प्रयास थाल्नुपर्छ, त्यति गर्दा पनि भएन भने सरकारले आन्दोलन र बजेटको प्रभावको बारेमा गम्भीर हुनुपर्छ', राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भने, 'होइन भने जनता सरकारविरुद्ध खनिनेछन्, वेलैमा सचेत भएन भने सरकारका लागि त्यो प्रत्युपादक सावित हुनेछ।'
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणले सत्ता सन्चालनका क्रममा सरकारले माओवादीसँग वार्ता गर्दा निश्चित अडान राख्नुपर्ने जिकिर गरेका थिए। वैठकले तत्काल माओवादी लडाकूहरुको समायोजन र पुनःस्थापनको कामलाई तदारुकताका साथ अघि बढाउन सरकार र एकीकृत नेकपा (माओवादी) आग्रह गरेको छ।
२२ दलका नेताले राष्ट्रसंघका महासचिव वान कि मुनले राष्ट्रिय सहमतिको सरकार बनाउन गरेको आग्रह नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन्।दलको बैठकपछि संवाददाताहरूसित बोल्दै ती नेताले महासचिवले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप हुने गरी बोलेकामा राष्ट्रसंघलाई सचेत गराउनुपर्ने बताएका छन्।कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले नेपालको समस्या नेपाली दलले नै सल्टाउने विषय हो भन्दै त्यसमा राष्ट्रसंघको उपदेश आवश्यक नरहेको बताए।'आन्तरिक मामिलामा राष्ट्रसंघले उपदेश दिन नपर्ने हो, हाम्रो कुरा आफैले सल्टाउने विषय हो' उनले भने।
राप्रपाका अध्यक्ष पशुपति समसेर राणाले समेत कस्तो सरकार बनाउने भन्ने निर्णय नेपाली संसद् र जनताले निर्णय गर्ने विषय भन्दै त्यसमा कसैको पनि सल्लाह जरुरी नहुने बताए। '२२ दलको सरकार बनेदेखि नै माओवादीलाई राष्ट्रिय सरकारमा आउन भनेका हौं। तर कस्तो सरकार बनाउने भन्ने कुरा नेपाली संसद र जनताको हक हो, बाहिरबाट सल्लाह दिने होइन' उनले भने।
सद्भावना आनन्दीदेवीकी अध्यक्ष सरिता गिरीले नेपालको सरकार कस्तो हुने भन्नेबारेमा राष्ट्रसंघले सल्लाह दिनु आवश्यक नभएको बताइन्। 'पहिले पनि राष्ट्रिय सरकार बनाउने कुरा आएको हो, त्यो माओवादीले पनि गर्न सकेको थिएन र अहिलेको सरकारले पनि सकेको छैन। तर यसबारे राष्ट्रसंघले प्रतिक्रिया गर्न आवश्यक छैन' उनको भनाइ थियो।फोरमका नेता एवं पयर्टन उड्यनमन्त्री शरदसिंह भण्डारीले महासचिव मुनले क्षेत्राधिकार बाहिर गएर बोलेको बताए। 'राष्ट्रिय सरकारको लागि पहल गर भन्ने राष्ट्रसंघको भनाइ उसको क्षेत्राधिकारमा छैन। त्यो राष्ट्रसंघको बडापत्र छैन र नेपालले अनमिनलाई त्यस्तो म्याण्डेट पनि दिएको छैन' उनले भने।
एमालेका नेता प्रदीप ज्ञवालीले यो सरकार माओवादीविरुद्धको गठबन्धन होइन भन्दै राष्ट्रसंघीय भनाइ अनावश्यक रहेको बताए। 'राष्ट्रसंघको वक्तत्वले राष्ट्रिय सरकार होइन कि, सचेततापूर्वक कसैलाई वहिष्कृत गर्न खोजिएको हो कि भन्ने अर्थ लागेको छ। त्यसैले हामीले सुरूदेखि नै भन्ने गरेका छौं, यो गैर-माओवादी सरकार हो तर माओवादीविरुद्धको गठबन्धन होइन' ज्ञवालीले भने।

Wednesday, 4 November 2009
मणिपालको ओपीडी र आकस्मिक सेवा बन्द
मनोज अधिकारी, पोखरा कात्तिक १९-
उपचारका क्रममा मंगलबार एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका कारण पश्चिमाञ्लचकै ठूलो मणिपाल शिक्षण अस्पतालका चिकित्सकले बुधबारबाट ओपीडी र आकस्मिक सेवा अनिश्चितकालीन बन्द गरेका छन्।
मंगलबार छाती दुखेर अस्पताल गएका लेखनाथका तिलक खनालको मृत्यु भएपछि उत्पन्न विवाद बुधबार पनि समाधान हुन सकेन।
लेखनाथ-११ घर भई पोखरामा व्यवसाय गरी बस्ने ४२ वर्षीय खनाल मंगलबार बिहान आफैंले मोटरसाइकल चलाएर छातीको उपचार गर्न अस्पताल पुगेका छन्। चिकित्सकले इसीजी गर्दा छातीमा कुनै समस्या नदेखेपछि ग्याष्ट्रिकको आशंकामा औषधी खुवाएको केहीबेरमा मध्यान्ह १२ तिर उनको मृत्यु भएको थियो।
अकस्मात मृत्यु भएका विरामीका आफन्तले चिकित्सकमाथि लापरबाही गरेको आरोप लगाएपछि आक्रोशित चिकिच्सकहरुले विवाद समाधान नभई काम नगर्ने भन्दै बुधबारदेखि ओपीडी र आकश्मिक सेवा बन्द गरेका हुन्। उनीहरुले पहिलै अस्पतालमा भर्ना भएका विरामीको भने उपचार गरेका छन्।
छाती दुखेर आएका विरामीको उपचारमा सक्दो प्रयास गर्दा पनि लापरबाहीको आरोप लगाउँदै कारबाहीको माग उठेपछि असन्तुष्ट चिकित्सकहरुले विवाद समाधान नभएसम्म काम नगर्ने भन्दै बुधबारबाट दुवै सेवा बन्द गरेको अस्पताल स्रोतले जनाएको छ।
अस्पताल प्रशासनले काम गर्न भने पनि चिकित्सक, कर्मचारीले अनावश्यक आरोप खेप्नुपरेको भन्दै विवाद समाधान नभएसम्म काम नगर्ने अडान लिएको स्रोतको भनाई छ।
बुधबार सेवा बन्द हुँदा सयौं विरामी उपचार गर्न नपाई अन्यत्र जान बाध्य भए। विवादका कारण चिकित्सकहरु तनावमा भएकाले बुधबार अस्पलालमा ओपीडि र इमर्जेन्सीमा कुनै विरामीको उपचार नभएको अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना भएका विरामीको उपचार यथावत गरिए पनि बुधबार आएका विरामीलाई भने बीना उपचार फर्काईएको थियो। आकश्मिक अवस्थाका विरामीलाई पनि क्षेत्रीय अस्पताल र अन्य नीजि अस्पतालतर्फ पठाईएको एक कर्मचारीले बताए।
पश्चिमाञ्लचकै ठूलो मणिपाल अस्पतालमा दैनिक ५ सयभन्दा बढी विरामी उपचारका लागि आउने गर्छन्।
मृतकका आफन्तले सामान्य छाती दुखेका विरामीको मृत्यु अस्पताल र चिकित्सकको लापरबाहीले भएको आरोप लगाउँदै तीन प्रमुख मागअघि सारेका छन्। मृतककी पत्नीलाई अस्पतालमै रोजगारी दिनुपर्ने, छोराछोरीलाई निःशुल्क पढाउनुपर्ने र उपचारमा संलग्न दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने माग मृतक पक्षले अघि सारेको अस्पतालका दर्ता शाखा प्रमुख रेशम थापाले जानकारी दिए।
अस्पताल प्रशासनले भने आफ्नो कुनै लापरबाही र दोष नभएकाले ती माग पुरा गर्न नसकिने अडान लिएको छ। बुधबार दिनभर भएको वार्तामा यीनै मागका कारण सहमतिमा पुग्न नसकेपछि बिहीबार बिहान ११ बजे जिल्ला प्रशासनको रोहबरमा पुनःवार्ता हुने भएको छ। मंगलबार पनि साँझसम्म भएको वार्ता निष्कर्षबिहिन बनेको थियो।मृतकका आफन्तले माग पुरा नभएसम्म शव नबुझ्ने अडान लिँदै आएका छन्।

अस्पतालका निर्देशक डा.आशिष देले विरामीको मृत्यु आकस्मिक रुपमा भएकाले भन्दै कसैको लापरबाही नभएको दावी गरेका छन्।झण्डै ७ सय बेड क्षमतको उक्त अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी करिब ८ सयजना कार्यरत छन्।

Tuesday, 3 November 2009
धनकुटामा अनिश्चितकालीन कर्फ्यु
धनकुटा, कात्तिक १७ (नागरिक)-
नेकपा एमाले र एकीकृत माओवादीका कार्यकर्ताबीच झडपको सम्भावना बढेपछि स्थानीय प्रशासनले धनकुटा बजारमा मंगलबार अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनले माइकिङ गरी धनकुटा बजारको पूर्वमा आत्मारा, पश्चिममा बिहीबारे, उत्तरमा स्कुलडाँडा र दक्षिणमा घुमाउने चौतारासम्मको क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो। मंगलबार दिनभरि दुवै पक्षलाई मिलाउन स्थानीय प्रशासनले गरेको वार्ताको प्रयास असफल भएपछि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। बजारमा दिनभरि एमालेको युथफोर्सले लठ्ठीसहित शक्ति प्रदर्शन गरेपछि साँझ तनावको स्थिति सिर्जना भएको थियो युथफोर्स कार्यकर्ताले एकीकृत माओवादी जिल्ला कमिटी धनकुटा र अन्य जनवर्र्गीय संगठनको कार्यालयमा मंगलबार बिहान तोडफोड र आगजनी गरे।यस्तै, धनकुटाको सिधुवा बजारमा माओवादीका परेवादिन गाउँ कमिटी सेक्रेटरी ज्ञानेन्द्र कार्की र सदस्य शेरबहादुर बानियाँलाई कुटपिट गरी घाइते बनाए। उनीहरुलाई सिधुवा बजारमा मोटरसाइकल जलाएको आरोपमा कुटपिट गरेको बताइएको छ। घाइतेको सिधुवा स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनायो।सोमबार राति सिधुवा बजारमा युथफोर्स कार्यकर्ता चढेको नौ मोटरसाइकल र एउटा भ्यानमा माओवादी कार्यकर्ताले आगजनी गरेपछि मंगलबार बिहानैदेखि धनकुटा बजारमा तोडफोड र कुटपिटको घटना भए।युथफोर्स कार्यकर्ताले धनकुटाको हुलाक्क टोलमा रहेको माओवादीको जिल्ला पार्टी कार्यालय र जनवर्गीय संगठनको बोर्डर कागजपत्र बाहिर निकाली जलाइदिए। त्यस्तै, युथफोर्स कार्यकर्ताले एकिकृत नेकपा माओबादीको गाउँमा रहेको कार्यालयको बोर्ड समेत झिकेर जलाई दिए। सिधुवा मुर्तिढुंगा, जोरपार्टी, हिले लगायत ८ ठाउँमा रहेको माओबादी पार्टी कार्यालयका बोर्ड युथफोर्सका कार्यकर्ताले जलाएको एकिकृत नेकपा माओबादी धनकुटाका सह-सेक्रेटरी चेतन बरालले बताए। सिधुवाबजारमा भएको मोटरसाइकल र भ्यान आगजनीको विरोध गर्दै युथफोर्स धनकुटाले मंगलबार अनिश्चितकालीन धनकुटा बन्द गरे। घटनामा संलग्न ब्यक्तिलाई कारबाही र क्षतिपूर्तिका लागि बन्द गरिएको युथफोर्स धनकुटाका संयोजक प्रवीण पोखरेलले बताए। बन्दका कारण बिहानैदेखि धनकुटामा सवारी साधन चलेनन् भने पसल समेत खुलेनन्। त्यस्तै, धनकुटाका हिले पाखि्रबास, लेगुवा, जितपुरलगायतका बजार समेत युथफोर्स कार्यकर्ताले बन्द गराए। धनकुटामा बजारमा लठ्ठी बोकेर युथफोर्स कार्यकर्ताले माओवादीविरुद्ध शक्ति प्रदर्शन समेत गर्यो। नेकपा एमाले जिल्ला कमिटी धनकुटाले मंगलबार पत्रकार सम्मेलनको गरी इँटाको जवाफ पत्थरले दिने घोषणा गरेको छ। वार्ता र सहमतिका लागि बोलाउँदा समेत अटेर गरी माओवादीले मुठभेड निम्त्याएको आरोप नेकपा एमाले धनकुटाका सचिवालय सदस्य उमेश घिमिरेले बताए। आगजनीमा माओवादी धनकुटा ८ नं. इलाकाका इन्चार्ज जीवन्त, ज्ञानेन्द्र कार्की, राजेन्द्र बस्नेतको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ। एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले अराजक र आपराधिक गतिविधिको डटेर सामना गर्ने बताए। तर, जिल्ला सहसेक्रेटरी चेतन बरालले सिधुवा बजार घटनामा माओवादी संलग्नता नरहेको दाबी गरे।
माओवादीले एयरपोर्ट बन्दको कार्यक्रम फिर्ता लियो
किरण पुन, काठमाडौं कात्तिक १७ -
माओवादीले पूर्व घोषित २४ गतेको हवाइ आवागमन बन्दको कार्यक्रम फिर्ता लिएको छ। अध्यक्ष पुष्पकमल दाहाललाई आधा दर्जन देशका राजदूत र कुटनीतिज्ञहरुको भेटपछि सम्पन्न पदाधिकारी बैठकले अन्तर्राष्टिय समुदायमा नराम्रो असर पर्ने भन्दै फिर्ता लिने निर्णय गरेको हो। राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिहले हवाइ नाकाबन्द फिर्ता गर्न आग्रह गरेका थिए। माओवादीले गणराज्य घोषणा कार्यक्रमलाई सम्बोधन गर्न विभिन्न नेताहरुलाई खटाएको छ। पूर्व घोषित कार्यक्रमअनुसार २३ गते माओवादीले १५ गणराज्यको घोषणा गर्ने छ। 'गणराज्य घोषणासभा'लाई सम्बोधन गर्न पछिल्लोपटक थपिएको 'भोटे-लामा र शेर्पा गरी १५ राज्यमा गर्ने छ। स्थायी समिति सदस्य देव गुरुङद्वारा तयार पारिएको माओवादीले संसद्मा बुझाएको देव गुरुङका अनुसार भने राज्य र त्यसअन्तर्गतका गरी १६ उल्लेख छ।
'हामीले राज्य समिति बनाएका छौं त्यसैअनुसार घोष्णा गरिने छ,' वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले नागरिकसित भने, 'संसदमा पठाएको खाकालाई संशोधन गर्ने कुरा भएको छ।' संघीय राज्य घोषणालाई माओवादीले समानान्तर सरकार र सत्ता कब्जा भनेर नबुझिदिन समेत आग्रह गरेको छ। दलहरु देशलाई संघीयतामा नै लान नचाहेका, अहिलेसम्म खाका पनि प्रस्तुत नगरेकाले सचेत बनाउन र प्रचारात्मकरुमा लान घोषणा गर्न थालेको जनाएको छ।
'विद्रोहमा जान थाल्यो भनेर भ्रम छरिएको छ,' सचिव पोष्टबहादुर बोगटीले भने, 'दलहरु संघीयतामा जान आनाकानी गरेका छन्। उनीहरुलाई प्रेसर दिनलाई पनि घोषणा गर्न थालेका हौं।' बोगतीका अनुसार माओवादीले यसअघि नै प्रस्तुत गरिसकेको संघीयताको खाकाअनुसार त्यसलाई प्रचारमा ल्याउनलाई पनि घोषणा गर्न थालेको हो। घोषणको दिन संघीय राज्यको साइनबोर्ड राखिने छ। माओवादीले सुरुमा १० राज्य र तीन उपराज्य समिति घोषणा गरेको थियो। पछि उसले मधेसका तीन उपराज्यलाई पनि राज्य बनाई गणेश हिमालदेखि पश्चिम भोटेलामा र पूर्वमा शेर्पा राज्य बनाएको थियो। अन्य राज्यअनुसार नै माओवादीले पार्टीको समिति बनाए पनि नयाँ भोटे लामा र शेर्पामा भने छुट्टै समिति बनाएको छैन।
सचिव बोगटीका अनुसार अध्यक्ष दाहालले काठमाडौंमा नेवा, वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले नेपालगञ्जमा थारुवान, अर्का उपाध्यक्ष बाबुराम भट्टराई विराटनगरमा कोचिला र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ताम्सालिङ र महासचिव रामबहादुर थापाले सोलुमा शेर्पा गणराज्यको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने छन्। यसैगरी, विदेश विभाग प्रमुख कृष्णबहादुर महाराले सूर्खेतमा भेरी-कर्णाली, स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पाल्पामा मगराँत, देव गुरुङले पोखरामा तमुवान, अमिक शेरचनले हुम्लामा भोटे-लामा, गोपाल खम्बुले किराँत र गरिराजमणि पोखरेलले मधेसका राज्यहरुको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
माओवादीले समानान्तर सरकार गठन गर्ने पार्टीको नीति नभएको भन्दै धनकुटामा जनसरकार घोषणा पार्टीनीतिविपरीत भएको बताएको छ। सचिव बोगटीले भने, 'धनकुटामा जे भयो त्यो पार्टीको नीतिअनुसार भएको होइन।' माओवादीले सोमबार धनकुटा नगरपालिकामा जनसरकार घोषणा गरेको थियो। बैठकमा आन्दोलनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको बताए। सहमति हुने भए माओवादी आन्दोलन रोक्न तयार रहेको बताए। 'जुन विषय उठाएका छौं त्यसमा सहमतिमा बोलाउन दबाब दिन त आन्दोलन गरेका छौं,' उनले भने, 'तर सरकारले भाँड्ने षड्यन्त्र गरिरहेको छ।'
यसैबीच, राजधानीमा मंगलबार आयोजित माओवादी निकट पत्रकारहरुसँग उपाध्यक्ष एवं संयुक्त राष्ट्रिय जनआन्दोलनका अध्यक्ष बाबुराम भट्टराईले दलहरु संघीयताबाट भाग्न थालेकाले नै घोषणा गर्न लागेको बताएका छन्। 'यो कुनै समान्तर सत्ता होइन, सांकेतिक र प्रचारात्मक गणराज्य घोषणा हो' उनले भने। माओवादी अध्यक्ष र कागे्रस सभापतिबीच सोमवार भएको भेटमा सदन खुलाउने कुनै सहमति नभएको पनि नेता भट्टराईले स्पष्ट पारे। उनले भने,'उहाँ (गिरिजा) विरामी हुनहुन्थ्यो, लामोसमयसम्म भेट पनि भएको थिएन यो शिष्टचार भेट मात्र हो' नेता भट्टराईले भने, 'बजेट पारित गर्न दिने भनी गरिएको प्रचार निराधार हो।'
यसअगाडि माओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीको आन्दोलनप्रति समर्थन जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। आन्दोलन सुरु भएको तेस्रो दिन मंगलबार दाहालले आधा दर्जन देशका राजदूत र विदेशी कुटनीतिज्ञहरुसितको भेटमा त्यस्तो आग्रह गरेका हुन्।
राजधानीस्थित अन्नपूर्ण होटलमा अध्यक्ष दाहालसित भएको भेटमा दाहालको आग्रहको प्रत्युत्तरमा उनीहरुले आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरेका छन्। भेटमा उनीहरुलाई अध्यक्ष दाहालले 'आन्दोलन शान्तिपूर्ण हुने' आश्वासन दिएको विदेश विभाग प्रमुख कृष्णबहादुर महराले बताए।
'आन्दोलन शान्तिपूर्ण होस् भन्नुभयो,' महराले भने, 'उहाँहरुलाई आन्दोलनप्रति समर्थन जनाइदिन अध्यक्षले आग्रह गर्नुभयो।' उनका अनुसार राजदूतहरुले दाहाललाई 'सकेसम्म सहमतिबाटै समाधान खोज्न'समेत आग्रह गरेका थिए। भेटपछि डेनमार्क, युरोपीयन कमिसन, फ्रान्स, फिन्ल्याण्ड, जर्मनी, नेदरल्याण्ड, अमेरिका, रसिया, बेलायत, अमेरिकाको तर्फबाट संयुक्तरुपमा बेलायती दूताबासले मंगलबार जारी गरेको विज्ञप्तिमा 'आन्दोलनको कार्यक्रमका बारेमा पुनर्विचार गर्न' आग्रह गरेको जनाइएको छ।
भेटमा 'लोकतन्त्रिक प्रक्रियाबाटै संविधानसभा, संसदमा प्रस्तुत हुन' आग्रह गरेका थिए। उनीहरुले आन्दोलनले जनताको सुरक्षा, स्वतन्त्रताप्रति खलल पुर्याउने भन्दै यसको पालना गर्न भने। पर्यटक आवागमनको मौसममा हवाइ आवागन बन्दले नेपालको आर्थिक क्षेत्रमा गम्भीर असर पर्ने बताउँदै सचेत गराएको पनि विज्ञप्तिमा उल्लेख छ।
भेटपछि नै माओवादीले २४ कार्तिकमा राखेको हवाइ आवागमन बन्दको कार्यक्रम फिर्ता लिएको छ। उनीहरुले सबै दलहरुलाई विस्तृत शान्तिसम्झौता पालना गर्दै दलबीचको दूरी कम गर्न समेत आगंह गरेका छन्। विज्ञप्तिमा सबै दलहरु मिलेर शान्तिप्रक्रिया र संविधान लेखनलाई समयमै पूरा गर्न आग्रह गरिएको छ।

Sunday, 18 October 2009
शिद्दार्थ गौतम अवार्ड

कोरिया मा रहेर कोरिया मा रहेका नेपाली हरुलाई कुनै पनि क्षेत्र बाट सहयोग गारी कोरियामा नेपाल चिनाउने काम गर्ने एक त्यस्ता बिशेष ब्यक्ति (सरकारी कर्मचारी बाहेक ) लाई सम्मान गर्ने गरी रुपन्देही सम्पर्क समिति ले प्रत्येक बर्ष शिद्दार्थ गौतम अवार्ड प्रदान गर्ने कुरा श- हर्ष जानकारी गराइन्छ
साथै उक्त अवार्ड को लगी कोरिया मा रहनु भएका संपूर्ण संघ संस्थन तथा नेपाली दाजुभाई दिदिबहिनी हरुलाई आफुलाई उचित लाग्ने ब्यक्तिको नाम सप्रमाण rupandehikorea@gmail.com मा मेल गरी सिफारिश गर्नुहुन अवार्ड कमिटी हार्दिक अनुरोध गर्दछ
अवार्ड को पूर्ण जानकारी कही दिन मै नेट मार्फ़त दिइने छ
सैयोजक
अशोक कार्की
रुपन्देही सम्पर्क समिति

Friday, 11 September 2009
Saturday, 21 March 2009
समिति का सदस्य हरु को

अध्यक्ष: सुरेन्द्र बराल : ०१०२२४७६७७८
उपाध्यक्ष: मधु सापकोटा : ०१०५८०५८९९२
रामुन्यौपाने 0१०२३०५२०३६ ०१०५८११२६८५
सचिब : अशोक कार्की : ०१०२५४२११३४
उपसचिब : रमेश बस्याल : ०१०८६९५२०६२
कोषाध्यक्ष : इश्वोरीं न्यैपाने : ०१०८२२९२११२

सदस्य हरु :
दिपक : ०१०३२१९१२१६
रूपा गुरुङ :०१०६२१८९२३५
लेख नाथ भटराई :०१०४६९४५३७२
हिमाल भंडारी : ०१०३१४४१०३१
खुम राज खरेल : ०१०४६९५०७८९
दुर्गा न्यैपाने : ०१०७२६५५५४५
प्रदीप थापा : ०१०३०४०११८१
हरी गौतम : ०१०७२६३१७१२
दामोदर काफले : ०१०२९४५२४२९
नेत्र भुर्टेल :०१०४०१८३६३५
निरंजन धिताल : ०१०८६९३१५१४
राजु रेग्मी : ०१०२७३५५८४८
रमेश रेग्मी : ०१०४७९७३५५८
काशी राम गैरे : ०१०४९९१६९९
रूपा गुरुङ :०१०६२१८९२३५
लेख नाथ भटराई :०१०४६९४५३७२
हिमाल भंडारी : ०१०३१४४१०३१
खुम राज खरेल : ०१०४६९५०७८९
दुर्गा न्यैपाने : ०१०७२६५५५४५
प्रदीप थापा : ०१०३०४०११८१
हरी गौतम : ०१०७२६३१७१२
दामोदर काफले : ०१०२९४५२४२९
नेत्र भुर्टेल :०१०४०१८३६३५
निरंजन धिताल : ०१०८६९३१५१४
राजु रेग्मी : ०१०२७३५५८४८
रमेश रेग्मी : ०१०४७९७३५५८
काशी राम गैरे : ०१०४९९१६९९
होम नाथ :
Subscribe to:
Posts (Atom)